\
मनोरञ्जन

अभिनेत्री चक्रवर्ती कोरोना संक्रमित

एजेन्सी । टीएमसी सांसद तथा अभिनेत्री मिमी चक्रवर्ती कोरोना संक्रमित भएकी छन् । सामाजिक सञ्जालमार्फत अभिनेत्री चक्रवर्तीले आफु कारोना संक्रमित भएको सार्वजनिक गरेकी हुन् ।

“म निकै सावधानी अपनाइरहेकी थिए । तर पनि कोरोना संक्रमित भएकी छु। पछिल्लो केही दिनयता म घरबाट बाहिर निस्किएकी छैन ।”, उनले सामाजिक संजालमा लेखेकी छन्।

आफु डाक्टरको रेखदेख र होम आइसोलेशनमा रहेको समेत बताएकी खुलाएकी छन् ।

Leave a Reply