\
मनोरञ्जन

गायक राजेश पायल राईमाथि दुर्व्यवहार गर्ने शेर्पाले मागे माफी

काठमाडौं । गत शुक्रबार अमेरिकाको न्युयोर्क कार्यक्रममा गायक राजेश पायल राईमाथि दुर्व्यवहार गर्ने पासाङ दावा शेर्पाले माफी मागेका छन् ।

स्टेजमा नै दुर्व्यवहार गर्ने शेर्पालाई गायक राईले माफी दिएका छन् । स्रोतका अनुसार हिमाली संस्कार अनुसार शेर्पाले ‘बिजुली पानी’ (रक्सी) राखेर ‘शिर उभाउनी’ गरेर माफी मागेका थिए । सो विवाद सल्टिएको र गायक राई न्युयोर्कमा रमाइलो गरिरहेको स्रोतले बतायो ।

Leave a Reply