\
मनोरञ्जन

गीतकार अनु शाहको ‘देखे जव उनीलाई’ गीतको भिडियो सार्वजनिक

काठमाडौं । गायिका एवं गीतकार अनु शाहको ‘देखे जव उनीलाई’ गीतको भिडियो सार्वजनिक भएको छ । ओएसआर डिजिटलको युट्युबमार्फत आज सार्वजनिक गरिएको भिडियोमा गायक जगदीश समालले आवाज दिएका छन् ।

अमेरिकामा बसोबास गर्दै आएकी गीतकार शाह अनुराधा फिल्म्स इन्टरनेसनलकी सीईओ, कवि, गीतकार, निर्माता, कलाकार, मोडेल, शिक्षक, पत्रकार समेत हुन् ।

नारायण सुबेदी आभासले संगीत दिएको उक्त गीतमा मोडेलहरु प्रकाश थापा र प्रजिना वाग्लेको अभिनय रहेको छ । अनु शाहको शब्द रहेको यस गीतमा निर्देशन भने राजन उप्रेतीले गरेका छन् । यो गीतको सम्पादन प्रविण श्रेष्ठले गरेका छन् ।

यस्तो छ भिडियो हेर्नुहोस्

Leave a Reply