यस्तो छ नयाँ बर्ष २०७८ सालको गायिका अश्मिता अधिकारीको कोसेली
काठमाडौं । गायिका अश्मिता अधिकारीले नयाँ बर्ष २०७८ बैशाख महिनाको मध्य तिर ‘कुरो दामी हो’ गीत रिलिज गर्ने भएकी छन् ।
अधिकारीले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै भनेकी छन्, “नयाँ बर्ष २०७८ बैशाख महिनाको मध्य तिर एउटा गीत ‘कुरो दामी हो’ रिलिज गर्दै छौँ । संगीत: दिपक सिलवाल, शब्द: राजेन्द्र थापा, एरेन्ज: साहस शाक्य, स्वर: शिव परियार, अस्मिता अधिकारी”