\
मनोरञ्जन

१५ दिनमा करोडको माया, मैले कल्पना सम्म गरेकी थिइन : गायिका अश्मिता अधिकारी

काठमाडौं । गायिका अश्मिता अधिकारीको स्वरमा रहेको “टाढा भएपनी” गीतको भिडियो सर्भाधित चर्चामा रहेको छ उक्त गीतको भिडियो दुई हप्तामा १० लाख मानिसले हेरिसकेको छ।

सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै अश्मिता अधिकारीले लेखेकी छिन्, “१५ दिनमा करोडको माया ! Kendra motion को प्रस्तुतिमा Urgen Dong ज्यु को “टाढा भएपनी” को Female version गाउदै गर्दा गीतले एक प्रकारको माया पाउनेमा म ढुक्क थिए , तर यति धेरै ? मैले साच्चै कल्पना सम्म गरेको थिइन । तपाइँहरुको यति धेरै मायाले गीत Youtube मा १५ दिनमै करोड पटक सुनिएको/हेरिएको छ । धेरै धेरै आभारी छु अनि मख्ख पनि छु १५ दिनमै करोड पुग्ने पहिलो नेपाली गीतको गायिका हुन पाउँदा ।”

Leave a Reply