\
मनोरञ्जन

तोरी तेल २ को अपार सफलतापछि ३ को सोचमा गायिका बुनु उप्रेती

काठमाडौं, कार्तिक १३ । पहिलो गीत तोरी तेल…लाई दर्शकले रुचाएपछि गायक टंक बुढाथोकी र गायिका बुनु उप्रेती सो गीतको दोस्रो संस्करण स्वरूप तोरी तेल–२ (ममी) बजारमा ल्याएका थिए ।

यो गीतका शब्दहरू सजिलै टिप्न सकिने र भिडियो नृत्यप्रधान भएकाले पनि यसलाई रुचाइएको हुनुपर्छ । गीतमा गायक टंककै शब्द तथा संगीत रहेको छ । थुप्रै गीत गाइसकेकी बुुनु उप्रेतीले टंकसँग यो तेस्रो गीत गाएकी हुन् ।

यो गीतको भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माले आकर्षक नृत्य गरेका थिए । सरोज र आश्माका पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ भिडियो आएका छन् । यी जोडीले पनि तोरी तेल-२ मा केही फरक शैली दिने प्रयास गरेकै कारण यो गीतको भिडियोमा उनीहरूको नृत्य रुचाइएको हो ।

उक्त गितले रिलीज भएको दुई महिनामै १ करोड ७ लाख भिउज पाउन सफल भएको छ । तोरी तेल २ को अपार सफलतापछि ३ को सोचमा गायिका बुनु उप्रेती लागेकी छिन् ।

Leave a Reply