भुवन केसीले आफूमाथि दुर्व्यवहार गरिएको अभिनेत्री साम्राज्ञीको आरोप
१५ असार, काठमाडौँ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले ठूला ब्यानरका व्यक्तिहरुले आफूलाई दुर्व्यवहार गरेको आरोप लगाएकी छन् ।
अभिनेत्री शाहले इन्स्टाग्राममा एक भिडियो सार्वजनिक गर्दै यस्तो आरोप लगाएपछि अभिनेता तथा निर्माता भुवन केसीले सामजिक सञ्जालबाट प्रतिवाद गरेका थिए त्यसपछि अभिनेत्री शाहले भुवनले नै जापानमा एक अवार्ड कार्यक्रमका क्रममा दुर्व्यवहार गरेको भन्दै अर्को भिडियो जारी गरेकी छन् ।
अभिनेत्री शाहले आफ्नो पीडा पोखेकी छिन्, ‘यस्तो पनि समय आयो जब मलाई दुर्व्यवहार (ह्यारेसमेन्ट) गरियो ।’