\
अर्थ

आइतबारदेखि बैंकका सबै शाखा खुला हुँदै

२६ वैशाख, काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले आइतबारदेखि बैंकका सबै शाखा कार्यालयहरु खुला हुने बताएका छन् । सरकारले लकडाउनकै समयमा उद्योगहरु खुला गर्ने भएपछि बैंकहरुले पनि सबै शाखा कार्यालय खोलेर सेवा दिने भएका हुन् ।

यस अघि बैंकहरुले आंशिक रुपमा मात्रै सेवा प्रदान गरिरहेका थिए । सबै ठाउँका शाखा कार्याल्यहरु खोल्न सबै बैंकहरुलाई अनुरोध गरिसकिएको छ । केहि साह्रै समस्यामा परेका शाखाहरुबाहेक अन्य खुला हुने अध्यक्ष दाहालले बताए ।

Leave a Reply