एनसेलले बुझायो २३ अर्ब पूँजीगत लाभकर
काठमाडौँ, ३० चैत । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले रु २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार ५४६ ठूला करदाता कार्यालयमा दाखिला गरेको छ ।
उक्त कार्यालयको गत मङ्सिर १९ गतेको निर्णयअनुसार एनसेलका नाममा निर्धारित भएको पूँजीगत लाभकर बापतको उक्त रकम ब्याजसहित सरकारी कोषमा दाखिला भएको हो ।
ठूला करदाता कार्यालयका अनुसार आयकर ऐन, २०५८ बमोजिम उक्त रकम प्राप्त भएको तथा उक्त कम्पनी सम्बन्धी सम्पूर्ण प्रकरण अन्त्य भएको छ ।
यसअघि दुई किस्तामा क्रमशः कम्पनीले रु चार अर्ब ५० करोड र रु चार अर्ब ६० करोड दाखिला गरेको थियो ।