\
अर्थराष्ट्रिय समाचार

एनसेलले तिर्यो ४ अर्ब ६० करोड पुँजीगत लाभकर

१८ चैत, काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आज मंगलबार ठूला करदाता कार्यालयमा आफ्नो सेयर स्वामित्व खरिद बिक्री वापतको पुँजीगत लाभकर ४ अर्ब ६० करोड रुपैयाँ तिरेको छ ।

कुल २२ अर्ब ४५ करोड रुपैयाँ पुँजीगत लाभकर निर्धारण भएकामा एनसेलले यसअघि ४ अर्ब ५० करोड रुपैयाँ कर तिरेको थियो । अब कम्पनीले १४ अर्ब ४० करोड तिर्न बाँकी छ । उक्त रकम लकडाउन लगत्तै तिर्न आग्रह गरिएको छ ।

Leave a Reply