\
अर्थ

सुन प्रतितोला ४ सयले घट्यो

१४ असार, २०७३:- मङ्गलबार सुन प्रतितोला रू. चारसयले घटेको छ । सोमबार प्रतितोला रू. ५८ हजार सातसयमा किनबेच भएको सुन मङ्गलबार रू. चारसयले घटेर रू. ५८ हजार तीनसयमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ ।

मङ्गलबार छापावाल सुन प्रतितोला रू. ५८ हजार तीनसय र तेजावी सुन प्रतितोला रू. ५८ हजार ५० मा किनबेच भइरहेको छ ।

त्यस्तैगरी, चाँदीको मूल्य भने स्थिर नै रहेको छ । सोमबार प्रतितोला रू. आठसय १५ कायम भएको चाँदीको मूल्य मङ्गलबार पनि सोही मूल्यमा किनबेच भइरहेको महासङ्घले बताएको छ ।

Leave a Reply