\
अर्थहेडलाइन

डिजेल र मट्टितेलको मूल्य एकैपटक प्रतिलिटर १० रुपैयाँले घट्यो

काठमाडौँ । डिजेल र मट्टितेलको मूल्य एकैपटक प्रतिलिटर १० रुपैयाँले घटेको छ । नेपाल आयल निगमले आज डिजेल र मट्टितेलको मूल्य एकैपटक प्रतिलिटर १० रुपैयाँले घटाएको छ ।

आज मंगलबार निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको हो । निगमले आजसाँझ एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।

निगमको यो निर्णयसंगै अव डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टीतेलको मुल्य १६५ रूपैयाँ प्रतिलिटर रहेको थियो ।

यद्यपि निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखिएको छ । आज म‌गलबार मात्रै भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको थियो ।

यस्तो छ नेपाल आयल निगमले निकालेको प्रेस विज्ञप्ति

यस्तो छ नेपाल आयल निगमले निकालेको प्रेस विज्ञप्ति

Leave a Reply