\
अर्थमुख्य समाचार

सुनको मूल्य आकाशियो, तोलाको १२ सयले बढेर ऐतिहासिक रेकर्ड

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार दुई सयले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको हो ।

छापावाल सुनको मूल्य आकाशिएर एक लाख ७ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको दिए । हिजो बुधबार छापावाल सुनको मुल्य एक लाख ६ हजार ३ सय रुपैयाँ रहेको थियो । यस्तै तेजाबी सुन १ लाख ७ हजार रुपैयाँमा कारोबार भएको छ ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मुल्य प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको हो । यसअघि बुधबार चाँदीको मुल्य १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको महासंघको जनाएको छ ।

चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा २५ रुपैयाँले बढेको हो । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

Leave a Reply