\
अर्थ

राष्ट्रिय वाणिज्य बैंकको अर्धवार्षिक समिक्षा गोष्टी सम्पन्न

धूलिखेल । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको आर्थिक वर्ष २०७९/८० को अर्ध वार्षिक प्रगति विवरणको दुई दिवशिय समिक्षा गोष्टी हालै सम्पन्न भएको छ ।

धूलिखेलस्थित हिमालय दृश्य रिसोर्टमा सम्पन्न भएको उक्त गोष्टीको समूद्घाटन समारोहमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत सरस्वती अधिकारीले गोष्टीको उद्धेश्य एवं स्वागत मन्तव्य राखेकी थिइन् भने बैंकका प्रमूख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले पानसमा दिप प्रज्वलन गरी गोष्टीको समूद्घाटन गरेका थिए भने ब्रान्च अपरेशन बिभागका बिभागीय प्रमूख आनन्द सूवेदीले उक्त गोष्टी कार्यक्रमको सञ्चालन गरेका थिए ।

बैंकका सातवटै प्रादेशिक कार्यालयका प्रादेशिक कार्यालयका प्रमूखहरु, ३३ वटा बिभागका बिभागीय प्रमूखहरु, बैंकका उप कार्यकारी अधिकृतहरु एवं नायब प्रमूख कार्यकारी अधिकृतहरुको सहभागिता रहेको उक्त गोष्टीमा समूद्घाटन मन्तव्य ब्यक्त गर्दै बैंकका प्रमूख कार्यकारी अधिकृतले गत श्रावणमा सम्पन्न भएको लक्ष्य प्रगति तथा बजेट कार्यान्वयन रणनीतिक गोष्टीमा निर्धारण गरिएका अधिकांश सूचकहरु सन्तोषजनक रुपमा पूरा भएको कूरा बताएका थिए ।

साथै बैंकको मूख्य जिम्मेवारीमा रहेका बिभागीय प्रमूख तथा प्रादेशिक प्रमूखहरुले बजारमा कर्जा लगानि र निक्षेप संकलन जस्तो महत्वपूर्ण कार्यमा आफूलाई पूर्ण रुपमा समर्पित गरी बजारमा देखिएको प्रतिष्पर्धामा आफूहरुलाई खरो रुपमा उत्रनको लागि विशेष निर्देशन दिए ।

सहभागी प्रादेशिक प्रमूखहरु र बिभागिय प्रमूखहरुले आ-आफ्नो कार्यालयको प्रस्तुतीकरण गरेका थिए, उक्त प्रस्तुतीकरणमा बैंकका प्रमूख कार्यकारी अधिकृत नायव प्रमूख कार्यकारी अधिकृत र उप कार्यकारी अधिकृतज्युहरुले जिज्ञाशा एवम् सूझावहरु राखेका थिए ।

गोष्टीको अन्तमा बैंकका प्रमूख कार्यकारी अधिकृत, नायव प्रमूख कार्यकारी अधिकृत र उप कार्यकारी अधिकृतज्युहरुले अव हामीहरुले खेल्नूपर्ने भूमिकाको बारेमा मन्तव्य राखेका थिए भने सहभागीहरुले प्राप्त निर्देशनहरुलाई आत्मसात गर्दै लक्ष्यहरुलाई समयमै पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Leave a Reply