\
अर्थ

नबिल बैंकका ग्राहकलाई सिजी डिजिटल र एलजी लाइफस्टाइलबाट सामान खरिदमा छुट

काठमाडौँ । नबिल बैंकले सिजी डिजिटल र एलजी लाइफस्टाइलको आउटलेटबाट सामान खरिद गर्दा छुट योजना ल्याएको छ । ग्राहकलाई डिजिटल कारोबारमा सहयोग गर्नका लागि सिजी डिजिटल र एलजीको सामान खरिदमा छुट दिने अफर ल्याएको बैंकले बताएको छ।

अब नबिल बैंकका ग्राहकले देशभर रहेका सिजी डिजिटल र एलजी लाइफस्टाइलका आउटलेटबाट इलेक्ट्रोनिक सामान खरिदमा २० प्रतिशत अग्रिम छुट पाउने भएका छन् । डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको बैंकले यस्ता प्रकारका कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको बताएको छ।

डिजिटल कारोबारमा छुटको व्यवस्थाले बैंकका ग्राहकलाई थप सहज हुने बैंकका खुद्रा कारोबार प्रमुख निरज शर्माले बताए । यस्तो सुविधा लिनको लागि नबिल बैंकको कार्ड आवश्यक पर्नेछ। यो सुविधा सीमित अवधिको लागि दिएको बैंकले जनाएको छ ।

बैंकका देशभर २ सय ४० शाखा र २ सय ८० एटिएम सञ्जाल छन् । देशको पहिलो डिजिटल बैंक बन्ने लक्ष्य अनुरुप बैंकले डिजिटल बैंकिङ कारोबारलाई प्राथमिकता दिएको जनाएको छ ।

Leave a Reply