\
अर्थमुख्य समाचार

निगमको चेतावनी : अव्यवस्थित तरिकाले बिक्री गर्ने मट्टीतेल बिक्रेताको प्रमाणपत्र खारेज गर्ने

काठमाडौं । नेपाल आयल निगमले मट्टीतेल बिक्रेताको बिक्रेता प्रमाणपत्र खारेज गर्ने चेतावनी दिएको छ । अव्यवस्थित तरिकाले मट्टीतेल बिक्री–वितरण गरिरहेका बिक्रेताको प्रमाणपत्र खारेज गर्ने निगमले चेतावनी दिएको हो ।

आज सोमबार एक सूचना प्रकाशित गर्दै मट्टीतेल बिक्रेतालाई ३५ दिनभित्र तोकिएबमोजिमको मापदण्ड पूरा गरी सोको प्रमाणसहित निगमको सम्बन्धित कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।

तत्कालीन अवस्थामा मापदण्ड तथा भौतिक पूर्वाधार पूरा गरी नियुक्ति पाएका मट्टीतेल बिक्रेताले हाल सोबमोजिम बिक्री–वितरण नगरेको पाइएको निगमले जनाएको छ ।

यस्तो छ हेर्नुहोस् नेपाल आयल निगमले निकालेको सूचना

यस्तो छ हेर्नुहोस् नेपाल आयल निगमले निकालेको सूचना

Leave a Reply