\
अर्थराष्ट्रिय समाचार

सुनको मूल्य घट्यो, प्रतितोला कति ?

काठमाडौं । आज सुनको मूल्य ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छ। यस्तै तेजाबी सुन तोलामा ९० हजार ८०० कारोबार भएको छ ।

यस्तै चाँदीको मूल्य पनि तोलामा रु ५ ले घटेको छ । आइतबार तोलामा १२२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर तोलामा १२२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Leave a Reply