\
अर्थ

सुनको मूल्य घट्यो, प्रतितोला कति ?

काठमाडौं । आज शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ७०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ६०० रुपैयाँ कायम भएको हो ।

महासंघका अनुसार छापावाल सुन प्रति १० ग्राम ७८ हजार ५३५ रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रति १० ग्राम ७८ हजार १०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यस्तैगरी चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार २२५ रुपैयाँ कायम भएको छ ।

Leave a Reply