\
अर्थराष्ट्रिय समाचार

सुनको मूल्य यतिधेरै घट्यो, प्रतितोला कति ?

काठमाडौं । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९०० रुपैयाँले घटेको हो ।

चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ । घटेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ९०० रुपैयाँले नै घट्दै ९१ हजार ७०० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

Leave a Reply