\
अर्थ

सेञ्चुरी कमर्सियल बैंकको मस्कट सार्वजनिक

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आज बैंकको दुईवटा मस्कट सार्वजनिक गरेको छ । बैंकको व्यवसाय प्रवर्द्धन, पहिचान र प्रचारप्रसार गर्नको साथै बजार विस्तार गर्नको लागि सरल र शताब्दी नामका दुईवटा मस्कट सार्वजनिक गरेको हो ।

यसपश्चात् सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बैंकिङ्ग अनुभवलाई अझ सरल र सुरक्षित बनाउन र बैंकले प्रदान गर्ने विभिन्न सेवा र सुविधाहरु र तिनका प्रक्रियाबारे सरल र शताब्दीले विभिन्न माध्यमबाट ग्राहकहरुलाई जानकारी गराउनेछन् ।

सरल र शताब्दीको माध्यमबाट बैंकको लोकप्रियता अभिवृद्धिमा अझेै मद्दत पुग्ने विश्वास लिइएको छ ।

 

Leave a Reply