सेञ्चुरी कमर्सियल बैंकको साधारण सभा किन रोकियो ?
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको साधारण सभा रोकिएको छ । चैत ६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो ।
बैंकले चैत १५ गतेका लागि ९ औं बार्षिक साधारण सभा डाकेको थियो । सो साधारण सभाबाट संस्थापक तर्फका ३ जना सञ्चालक निर्वाचित गर्ने कार्यसूचि थियो । सोही साधारण सभाले बैंकका सेयरधनीलाई ६.७५ प्रतिशित बोनस सेयर दिने निर्णय पनि गर्दै थियो ।
सरकारले कोरोना भाइरसको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै २५ जना भन्दा बढी नागरिकलाई एक ठाउँमा भेला नहुन निर्देशन दिएको छ । सोही निर्देशनलाई मध्यनजर गर्दै साधारण सभा स्थगित गरिएको बैंकले जनाएको छ ।