\
अर्थ

सुनको मूल्य १६ सय रुपैयाँले घट्यो

काठमाडौं । आज सुनको मूल्य एकैदिन १६ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९२ हजार ३ सय रुपैयाँमा झरेको छ ।

आज तेजावी सुनको प्रतितोला मूल्य ९१ हजार ८ सय रुपैयाँ छ । सोमबार उक्त सुन ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदीको प्रतितोला भाउ १२७० बाट १२ सय ५५ रुपैयाँमा आइपुगेको छ ।

Leave a Reply