\
अर्थ

सुनचाँदीको मूल्य वृद्धि, प्रतितोला कति ?

काठमाडौं । सुनचाँदी दुबैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुन तोलामा २०० रुपैयाँले र चाँदी १० रुपैयाँले वृद्धि भएको हो ।

आज छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा र चाँदी एकहजार २७० रुपैयाँमा कारोबार भइरहेको छ । गत आइतबार सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँ र चाँदी एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य समेत २०० रुपैयाँले नै बढ्दै प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply