रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा स्वतन्त्र संचालकको नियुक्ति
काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा स्वतन्त्र संचालकको नियुक्ति गरेको छ । रिलायन्सको स्वतन्त्र संचालकमा सरिता भट्ट अधिकारी नियुक्त भएकी छन् ।
कम्पनीको जेठ १२ गते बसेको ८७ औ संचालक समितिको बैठकले भट्ट अधिकारीलाई नियुक्त गरेको हो । स्वतन्त्र संचालकसंग नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरेको कार्यानुभव रहेको छ ।