फेरि बढ्यो पेट्रोलियम पदार्थकाे मूल्य, प्रतिलिटर कति ?
काठमाडौं । नेपाल आयल निगमले १३ दिननबित्दै पेट्रोलियम पदार्थकाे मूल्य फेरि बढाएकाे छ । यसअघि असार ९ गते निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।
प्रतिलिटर २ रुपैयाँले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाइएको निगमले जनाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ कायम भएको छ।
खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि गरेर १४२५ रुपैयाँ कायम गरेको छ । भारतबाट आउने मूल्य नै बढेकाले समायोजन गरिएको निगमले जनाएको छ । निगमका अनुसार आज राति १२ बजेदेखि बढेको मूल्य लागू हुनेछ ।