\
अर्थ

यतिधेरै घट्यो सुनको मूल्य, प्रतितोला कति ?

आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार मंगलबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज ६ सयले घटेर प्रतितोला ९० हजार रुपैयाँ कायम भएको छ ।

तेजाबी सुनको मुल्य प्रतितोला ८९ हजार ५५० रुपैयाँ कायम भएको छ । हिजो प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मुल्य पनि आज १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । हिजो चाँदी १३ सय रुपैयाँमा खरिद बिक्रि भएको थियो ।

Leave a Reply