\
आगलागीकर्णाली प्रदेश

जाजरकोटमा आगलागीबाट पाँच घर जले

जाजरकोट, १० कात्तिक । विजया दशमीका दिन जाजरकोटको नलगाड नगरपालिका-८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । स्थानीयवासी नेत्रबहादुर चदाराको घरबाट शुरु भएको आगोले छिमेकी दत्ते चदारा, सर्के चदारा, दलजीत चदारा र पर्से परियारको घर पूर्णरुपमा जलेको छ ।

घरमा रहेका अन्न, लत्ताकपडा र भाँडाकुडाँ सबै जलेको स्थानीयवासी निरज केसीले जानकारी दिनुभयो । आगलागी कसरी भयो भन्ने खुल्न बाँकी रहेको छ ।

Leave a Reply