\
कृषिगण्डकी प्रदेश

तरकारीको आयात रोकेमा मात्र स्वदेशमै आत्मनिर्भरता सम्भावना बढ्ने

नवलपरासी । यदि तरकारी बाहिरबाट आयात नगर्ने हो भने मात्र स्वदेशमै आत्मनिर्भरता सम्भावना बढ्ने देखिन्छ । तर बर्षनी विदेशबाट अरवौको तरकारी आयात गर्ने गरेकोले स्वदेशी तरकारीले चाहेको मुल्य पाउन नसकेर किसानहरु उत्पादनतर्फ उत्साहित भएर लाग्न सकेका छैनन् ।

नवलपरासीको मध्यविन्दु वार्ड नं. ७ मा अवस्थित तरकारी खाद्यान्न तथा तरकारी सप्लायर्सका प्रोप्राइटर विष्णु सुवेदीका अनुसार भारत, चीन, बंगलादेश तथा इन्डोनेसियाबाट आयात हुने तरकारी भन्दा नेपाली तरकारी ज्यादा महँगो हुने भएको उनको गुनासो छ । नेपालमा उत्पादन भएका तरकारी महँगो बेच्न गार्हो भएको कुरा उनले औलाए ।

परनिर्भरताले देशको अर्थतन्त्रमा ठूलो प्रभाव पार्न सक्छ । हरेक बस्तुको आयातले नेपाली उत्पादनमा ह्रास आउने गरेको हुन्छ । विदेशी सामान पूर्ण रूपमा आयात गर्न बिस्तारै बन्देज गर्न जरुरी छ भने अनि मात्र नेपाली उत्पादन बढ्ने छ । देश समृद्ध हुन आयात होइन् निर्यातमा जोड दिनुपर्छ ।

नेपाली बजारमा पाइने आलु, प्याज र गोलभेँडा भारत, चीन, बंगलादेश तथा इन्डोनेसियाबाट आयात भएको छ । यस्ता बस्तुको उत्पादन नेपालमा गर्ने हो भने विदेशबाट यस्ता बस्तुको आयातमा जोड दिनुपर्ने कुनै अर्थ रहने थिएन ।

हाम्रो देश कृषिप्रधान देश हो तर उत्पादन हामी विदेशको खाने गर्छौं । यो पाराले देशको आर्थिक समृद्धि कसरी सम्भव छ ? चाहे जेहोस् हामीले विदेशी उत्पादनमा भन्दा नेपाली उत्पादनमा भरपर्नु राम्रो हुन्छ । विषादी प्रयोग भएका तरकारीका कारण विविध रोग लाग्ने गरेको पाइन्छ ।

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।

Leave a Reply