\
कोशी प्रदेशदेश

प्रदेश १ की सांसद श्रेष्ठलाई कोरोना संक्रमण भएको पुष्टि

२८ साउन, विराटनगर । प्रदेश १ की सांसद कुसुम कुमारी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । साउन २० गते स्वास्थ्यमा समस्या देखिएपछि सांसद श्रेष्ठले शनिबार धरानमा स्वाब दिएकी थिइन् । बुधबार पोजेटिभ रिपोर्ट आएको हो । उनी इटहरीमा बसोबास गर्दै आएकी छन् ।

यसअघि प्रदेश १ का मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply