\
ज्योतिषशास्त्रराशिफल

आज २०७६ साल चैत २६ गते बुधवारको राशिफल

आज २०७६ साल चैत २६ गते बुधवारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

मेष

आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा भने लाभ लिन नसकिएला ।

बृष

आज आय, व्यय, सुख, दुख, लाभ, हानी वरावरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन राम्रै रहला । शुभकार्यको चर्चा चल्नेछ ।

मिथुन

नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ ।

कर्कट

आज रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ । नयाँ कार्य वा रोजगारको योजना बन्नेछ । सेवा मूलक कार्यमा रुची बढ्नेछ ।

सिंह

आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । पारिवार संग रमाइलो समय बित्नेछ । प्रेममा जीवनमा मधुरता छाउनेछ ।

कन्या

दान-पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । आफ्नै दक्षतामा विभिन्न घरायसी कार्यहरू सम्पन्न हुनेछन् । शुभकार्यको चर्चा रहला ।

तुला

सोचेजस्तो लाभ हासिल गर्न केही समय अझै कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । स्वास्थ्य प्रति सचेत रहनुहोला ।

बृश्चिक

आज आफ्नो वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आर्थिक लाभको भरपुर कोसिस रहनेछ । प्रेममा सम्बन्धमापनि राम्रो हुनेछ ।

धनु

मनपरेको खनेकुरा खान पाईनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ । महिला वर्ग बाट विशेष सहयमेग मिल्नेछ ।

मकर

आज मको उचित कदर हुनेछ । धर्म तथा समाजसेवामा मन लाग्नेछ । व्यापार व्यवसायमा भने त्यति सफलता नमिल्ला ।

कुम्भ

स्वास्थ्य प्रति सजक रहनु होला । मनमा दुविधा उत्पन्न हुनेछ । मानशीक चिन्ता बढ्ला । विचार गरेर निर्णय लिनु नै बुद्धिमानी हुनेछ ।

मीन

आज कारेसाबारी र प्रकृतिसंग मन लाग्नेछ । राजनीतिक कार्यमा सफलता मिल्ने योग छ । बन्धु बान्धवबाट सहयोगपनि मिल्नेछ । (स्रोत : हाम्रो पात्रो – https://www.hamropatro.com, ज्यो.प. नारायणप्रसाद दुलाल)

यो पनि पढ्नुहोस्

आज २०७६ साल चैत २५ गते मंगलवारको राशिफल

आज २०७६ साल चैत २४ गते सोमवारको राशिफल

आज २०७६ साल चैत २३ गते आइतवारको राशिफल

Leave a Reply