\
लेखहरु

नयाँ वर्ष मनाउँदा संयमता र सजगता अपनाऔँ

हाम्रो यो व्यस्त जीवनमा विभिन्न पर्व र अवसरहरु आइरहन्छन् । यी अवसरहरुमा हामी प्राय: मनोरन्जन र घुमघाम रोज्दछौं ।
नयाँ वर्ष मनाउनका लागी हामीमध्ये केहीले अघिल्लो दिनदेखि नै बाहिर बस्ने गरी घर छोड्छौं भने केहीले नयाँ वर्षको दिनमै विभिन्न ठाउँहरुको यात्रा गर्दछौं। आजका युवापिंढीहरुमध्ये धेरै जसोले यस्ता अवसरहरुमा मदिराजन्य पदार्थ सेवन गर्ने क्रम बढेको छ ।यस्ता पदार्थको सेवन गरी युवाहरु झगडामा संलग्न भई एक अर्काको ज्यानै लिएका घटनाहरु बेलाबेलामा भईरहेका छन् । त्यसैले नयाँ वर्ष मनाउन परिवार वा साथीहरुसँग कतै बाहिर जाँदै हुनुहुन्छ भने यस्ता पदार्थ सेवनमा सीमितता ल्याउनुको साथै यस्ता कृयाकलाप गर्नेहरुदेखि सजग होऔँ र एक अर्काबीच नयाँ वर्षको शुभकामना आदान-प्रदान गर्दै रमाइलो र खुशीका साथ मनाऔँ। नयाँ वर्ष २०७३ को शुभकामना ।

Leave a Reply