कोरोना भाइरसबारे खोजमूलक लेख एकपटक अवश्य पढ्न नभुलौं
उमेर ३८ बर्ष अक्सिजन लेवल ९८ र पल्स रेट ७७ छ । स्वस्थ ठिक छ हेर्दा सामान्य देखिन्छ । तर सार्स २ पोजेटिभ देखिएको छ । हामीले उहाँलाई होम आइसोलेशनमा राखेका छौं । ७ दिनको अवधिमा कुनै पनि प्रकारको लक्षण पाइएको छैन ।
हामीले प्रशस्त पानी र फलफूल खाने सल्लाह दिएका थियौँ । आज हामीलाई सोध्नु भएको थियो हामी ठिक छौं । यहाँ कुरा हामीले यसरी बुझ्न सक्छौं । रोगको उपचार गर्दा कारणतर्फ लाग्न आवश्यक छ । सामान्य लक्षण भएको व्यक्तिलाई कोरोना पोजेटिभ देखाइएको छ ।
उसलाई उपचारको नाममा थुप्रै अनावस्यक औषधि दिएको भए उसको स्वास्थ्यमा त्यति वेला बल्ल असर शुरु हुनेछ । आज विकसित देश होस् या कम विकसित देश किन नहोस् हरेक व्यक्तिलाई अक्सिजनको कमी देखिएको छ । हामीले सेवन गर्ने चाहे पानी होस् वा खाद्यान्न किन नहोस् सवै विषादी छ ।
अक्सिजन प्राप्त गराउनको लागि हामीले स्वच्छ रसायनरहित पानी कम्तिमा ३ लिटर दैनिक सेवन गर्नसके यसबाट पनि हामीले अक्सिजन प्राप्त गर्न सक्छौ । हाम्रो व्लडमा ७५% पानी हुन्छ । व्लड जति राम्रो र सफा हुन्छ त्यति नै अक्सिजन लेवल बढ्ने हुन्छ । हामीले खाने हरेक वस्तुमा मिसावट छ ।
हामीले प्राकृतिक भन्दा मानव निर्मित चाहे मेसिन होस् या औषधि किन नहोस् बढी प्रयोग गर्ने गरेका छौं । सवै मेसिनले दिने रिपोर्ट सहि हुनसक्छ भन्ने होइन कहि गलत पनि हुनसक्छ । तर हामीले के गलत के सहि भन्ने कुरा त्यति बेला थाहा पाउछौं जतिबेला हामीले पुन: चेक गर्छौं ।
कहिले काही पहिलो चेकमा पोजेटिभ देखिनु र पछि नेगेटिभ देखिनुलाई गलत भन्न सक्छौं । २१ औं शप्ताब्दीमा हरेक काम मेसिनमै निर्भर रहेमा उसको असर के हुन सक्छ । आजको यो वैज्ञानिक युगमा हामीले प्राकृतिक खानपानमा निर्भर रहन सक्छौं भने मलाई लाग्छ कुनैपनि रोगको दलदलबाट मुक्त हुनेछौं ।
मैले यहाँ भन्नुको अर्थ केछ भने चाहे निमोनिया होस् या मुटु सम्मबन्धी रोग किन नहोस् सटिक उपचार नभए मान्छे पक्का मर्छ यसमा दुईमत छैन । आज कोरोनारूपी मानव निर्मित रोगले मान्छे मार्ने काम गर्दैछ । रोगको जरोकिलोतर्फ हामी लाग्न सकिरहेका छैनौं । मलाई सरकाले उसको अन्त्यको बारेमा कसरि सम्भव छ भनेर सोध्छ भने मेरो उत्तर हुनेछ विश्व स्वास्थ्य संगठन दोषी ठहरछ यस बारेमा विश्व स्वास्थ्य संगठन किन चुप छ ।
कुनैपनि अपराधी किन नहोस् त्यसलाई कार्वाही गर्न ठोस् सवुतको खाँचो हुन्छ । नोबेल कोरोनाको नामाकरण गर्नदेखि फैलाउन सहयोग गर्न समेत विश्व स्वास्थ्य संगठन लागेको अनुभव गर्न सकिन्छ । आज जतीपनी मान्छे मर्दैछन् यसको जिम्मा विश्व स्वास्थ्य संगठनले लिन सक्नुपर्छ ।
आजभन्दा पहिले सन् २००२ मा पहिलोपटक सार्स नामले यो रोग चीनमा देखिएको थियो । तर अहिले सार्सको पुनराबृति हो जस्तो मलाई लाग्दैन खास भन्ने हो भने सार्स पत्ता लगाउने पिसिआर मेसिनले भाइरसको जीवाणु छुट्टाउन सक्छ जस्तो लाग्दैन ।
तर उसलाई हामीले के बुझ्न सक्छौं भने अन्तर्राष्ट्रिय ड्रग माफियाहरूको सन्जालले मेडियाबाट गलत सन्देश फैलाएर पैसा तान्ने गुरू योजना गरेको अनुभव गर्न सकिन्छ । मैले यसो भन्नुको अभिप्राय यो होकी सन् २००३ को भाइरस सार्स अहिले पिसिआरको मेसिनले भाइरस छुट्टाउन सक्ला जस्तो काग्दैन । आज नभए भोली यसको प्रदाफास अवश्य हुनेछ ।
अर्को शंका सन् २०१९ अगावै यदि कसैले मेसिन औषधि जस्ता आवश्यक बस्तु तयार गरेर रोगको नाम समेत तोकेर प्रचार गर्छ भने यसमा विश्व स्वास्थ्य संगठनलाई समेत हतियार बनायएर पब्लिकको पैसा लुट्ने योजना बनायको जस्तो अनुभव हुदैछ । मान्छे यस्ता प्राणी हुन त मर्छस कसैले भन्छ भने विचार नगरि गहिरो कुवामा हाम फाल्न सक्छन् । अथवा कौवाले कान लग्यो एदि कसैले भन्छ भने कान नछामी कौवाको पछि लाग्ने इनै मानव हुन ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।