\
कला-साहित्यमनोरञ्जन

अनुष्का शंकरले किन निकालिन् पाठेघर ?

एजेन्सी, भारतकी चर्चित सितारवादक अनुष्का शंकरले पाठेघरको संक्रमणले निकै ठूलो रुप लिएपछि आफ्नो पाठेघर निकालेको फेसबुक पोष्टमार्फत् जानकारी दिएकी छिन् ।

उनले लेखेकी छिन्, ‘गत महिना मैले दोहोरो शल्यक्रिया गराएँ । अब मसँग पाठेघर छैन । मेरो पेट र पाठेघरमा करिब १३ ट्युमर थिए । जसका कारण मेरो पाठेघर ६ महिनाको गर्भवती महिलाको जस्तो भएको थियो । डाक्टरले शल्यक्रियामार्फत् त्यसलाई निकालिदिए । केही महिनाअघि जब मेरो पाठेघर निकाल्नुपर्छ भनेर जानकारी पाएँ तब म तनावमा परेँ ।’

Leave a Reply