यी हुन् दुनियाकै लामो खुट्टा भएकी महिला
एजेन्सी, लामा खुट्टाकी रसियन मोडेल इकाटेरिना लिसिनाले विश्वकै लामो खुट्टा भएकी महिलाको रुपमा गिनिज बुकमा नाम लेखाएकी छिन् ।
६ फिट ९ इन्च अग्ली मोडेल लिसिनाको नाउँमा विश्वकै अग्ली मोडेलको किर्तिमान यसअघि नै कायम भैसकेको छ ।
२९ वर्षकी लिसिनाको बायाँ खुट्टाको लम्बाई १३२.८ सेन्टिमिटर छ भने दायाँ खुट्टाकेा लम्बाई १३२.२ सेन्टिमिटर रहेको छ ।
सन् २००८ को ओलम्पिक खेलमा उनी रुसका राष्ट्रिय बास्केटबल टोलीमा परिन् र कास्यपदक हात पारिन् ।