\
कला-साहित्य

एउटा सपना पूरा गर्यो अर्को थपिन्छ

एउटा सपना पूरा गर्यो अर्को थपिन्छ
झन् सजिलो होला भन्यो चर्को थपिन्छ

कस्तो विचित्र छ मान्छेको जीवनचक्र
गर्दिन नै भन्यो भने लामो लर्को थपिन्छ

कहिल्यै पनि सपना नै पूरा भएन
हुन खोज्यो फेरि पनि झर्को थपिन्छ

अधुरो र अपुरो सपना हो मान्छेको
जीवनभरि सपनाकै धर्को थपिन्छ।।

Leave a Reply