\
कला-साहित्यमनोरञ्जन

गायक सुरजको ‘मायालु आउने बाटोमा’ सार्वजनिक(भिडियोसहित)

काठमाडौं । गायक सुरज कालाखेतीको स्वरमा रहेको ‘मायालु आउने बाटोमा’ गीतको भिडियो सार्वजनिक भएको छ ।

चर्चित गायक कमल खत्रीको शब्द र संगीत रहेको उक्त गीतमा रिकेश गुरुङ्गले एरेन्ज गरेका छन् ।

उत्तम हुमागाईले छायांकन गरेको सो भिडियोमा सिम्पल खरेलले निर्देशन र पवन सुस्लिङले भिडियो सम्पादन गरेका छन्। यस गीतमा सिम्पल खरेल र समिप तमाङको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

युवापुस्ताको माया प्रेमलाई मध्यनजर गरिएको सो गीतलाई दर्शक श्रोताले मन पराउने विश्वास लिएको गायक कालाखेती बताउछन् । उक्त गीत लिरिकल भिडियोबाट पनि राम्रो प्रशंसा बटुल्न सफल भएको थियो ।

यस भन्दा अघि पनि गायक कालाखेतिको झुम्कावाली र तिमी बिना बोलको गीत बजारमा आईसकेका छन ।

 हेर्नुहोस्  भिडियो :

Leave a Reply