उर्मिला प्रधानको “बाटो बाटैमा” सार्वजनिक (भिडियो सहित)
२५ माघ, काठमाडौं । मनिश श्रेष्ठ र मेलिना राईको स्वरमा रहेको “बाटो बाटैमा” बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
उर्मिला प्रधानको शब्दमा रहेको यस गीतमा संगीत भने मनिश श्रेष्ठको आफ्नै रहेको छ ।
टेकेन्द्र शाहको निर्देशन तथा सम्पादनमा रहेको यस भिडियोमा अन्जली अधिकारी र मनिश श्रेष्ठको आफ्नै अभिनय रहेका छन् ।
विभिन्न कलाले भरिपुर्ण रहेका मनिश नेपाली कलाकारितामा बेला-बेलामा हरेक अनौठो काम गर्दै आएका छन् ।
मनिशले एउटा खुट्टा काधमा राखेर एउटा हातले नेपाली झन्डा फर्फराउदै मोटरसाइकल चलाई गिनिज बुकमा नाम लेख्न सफल भएका छन् ।
उनी विभिन्न कार्यक्रमहरुमा सम्मानित हुँदै आएका छन् । उनले पाँच सय भन्दा वढी गीतहरुमा अभिनय गरिसकेका छन् भने पाँच दर्जन भन्दा वढी गीत गाईसकेका छन् ।
हेर्नुहोस् भिडियो: