\
कला-साहित्य

हाम्रो पहिचान नेपाली एक छ

कोहि न कोहि कतै बाट आएकै हो।
होला कोइ टाडा बाट आयो कोइ नजिक बाट आयो, कोहि पहिला आयो कोहि पछि आयो।
कोइ किन आयो?

यो प्रस्नको जबाफ त बर्सिनै इडिभि भर्ने हाम्रो मनलाइ सोधनु पर्छ,सयद।

अमेरिका पत्तालागेको कातिन भकोछ र?!
कोको हुन त्येहाका आदिबासि,
को अहिले बासि।
कोहिन कोहि गयरै अमेरिका अहिलेको बनेको हो।

जब हामि याहा केहि गार्दैनौ,
तः कोहि न कोहि त आऊछ।

काठमान्डैमा यत्रो भिड किन?
यो भिड पनि कतै बाट आयकै हो।

मन्छे हो सपना देखिरहन्छ। नया।
एऊटै पुस्ता को सपनामा रमाउदैन मन्छे।
ऊ आफैमा फरक सपना देखिरहेछ…..।

फेरि हामि किन प्रश्न गर्छै, यो फरक पनमा।
हामि किन निसेध गर्छै, यो फरक तनमा, रन्गमा आनि बोलिमा।

हो हामि फरक त छौ,
फेरि हामि किन भुल्दैछौ हाम्रो देश एक छ।
हामि फरक भेशमा छौ।
हामि फरक भासामा पनि छौ।

फेरि हामि किन भुल्दैछौ हाम्रो भाबना(राश्ट्टियता) एक छ।
हामि फरक-फरक कर्ममा छौ।

हामि फरक-फरक धर्ममा पनि छौ।
फेरि हामि किन भुल्दैछौ हाम्रो सान्त देसको कामना एक छ।
फरक त हामि चोक चोक मा छौ।

हाम्रो देशनै यस्तै फरक भुगोलमा जो बनेको छ।
तराइ भन्छ म मदेसि,
पहाड भन्छ म पहाडी,
हिमाल भन्छ म हिमालि,
फरि हामि किन भुल्दै छौ हाम्रो पहिचान “नेपालि” एक छ।

Leave a Reply