\
कला-साहित्य

बेचैन बेचैन चिसो बतास

चिसो चिसो बतास
निलो निलो आकाश
फुर्सदको समयमा
सदा झैं बेचैन हुन्छु म

कालो बादल छाउँछ
भित्र
भित्र

एक तमासको हुन्छ वर्षा
शब्द र ध्वनीको खाली पानामा,
मानौं थुनिन्छ
जसै एक माहुरी
बन्द सिसीमा

अरुण देवकोटा
(२०६३/०९/०३)

Leave a Reply