\
कला-साहित्यमनोरञ्जन

श्रेष्ठको ‘ठुली कान्छी’ गीतको भिडियो सार्वजनिक (भिडियोसहित)

१९ असोज, काठमाडौं । मनिश श्रेष्ठको स्वर तथा संगीतमा रहेको ठुली कान्छी गीतको भिडियो सार्वजनिक भएको छ ।

योगेश रापलको शब्दमा रहेको यस गीतमा अभिनय मनिशको आफ्नै, सुष्म श्रेष्ठ, कलाश अधिकारी र गोपीलाल श्रेष्ठको रहेको छ ।

कृष्ण रसायालीको एरेन्जमा रहेको यस भिडियोको निर्देशन मनिशकै रहेको छ ।

विभिन्न कलाले भरिपुर्ण रहेका मनिश नेपाली कलाकारितामा बेला-बेलामा हरेक अनौठो काम गर्दै आएका छन् ।

मनिशले एउटा खुट्टा काधमा राखेर एउटा हातले नेपाली झन्डा फर्फराउदै मोटरसाइकल चलाई गिनिज बुकमा नाम लेख्न सफल भएका छन् ।

उनी विभिन्न कार्यक्रमहरुमा सम्मानित हुँदै आएका छन् । उनले पाँच सय भन्दा वढी गीतहरुमा अभिनय गरिसकेका छन् भने पाँच दर्जन भन्दा वढी गीत गाईसकेका छन् ।
हेर्नुहोस् भिडियो:

Leave a Reply