गीतकार राईको ‘खुसि लुट्नेहरु’ भिडियो सार्वजनिक
४ असोज, काठमाडौं । गीतकार एलिशा सुच्चा राईको शब्दमा रहेको ‘खुसि लुट्नेहरु’ गीतको भिडियो सार्वजनिक भएको छ ।
यादु राईको संगीत र रबिना बादीको स्वर रहेको यस गीतमा रबिना आफैले अभिनय गरिकी छिन् ।
दिपक चाम्लिङ्को निर्देशन तथा सम्पादनमा रहेको यस गीतमा क्यामेरा भने यादु आफ्नै रहेको छ ।
गीतकार राई बेलायतमा कार्यरत छिन् । आफ्नो जन्म भुमिभन्दा टाढा भएर पनि सांगीतिक क्षेत्रलाई माया गर्दै आएकी उनी सानैदेखि सांगीतिक क्षेत्रमा सक्रिय छिन् । उनले दर्जन भन्दा बढी गीतहरु लेखेकी छिन् ।
हेर्नुहोस् भिडियो: