\
कला-साहित्यमनोरञ्जन

हरिवंशको ‘जे भने नि हुन्छ मलाई, पैसा लाग्दैन’ सार्वजनिक (भिडियोसहित)

१ असोज, काठमाडौं । वरिष्ठ हाँस्य अभिनेता हरिवंश आचार्यले ‘जे भने नि हुन्छ मलाई’ नामक एल्बम बजारमा ल्याएका छन् ।

समाजका निर्धा नागरिकलाई जसले भने पनि हुने, जे गरे पनि हुने, सक्दो सराप्दा पनि धन खर्च नहुने भन्दै अरूबाट हेपिएकाहरूको भावना गीतमा उठाइएको छ ।

गीतमा शब्द, लय र आवाज आचार्यको नै रहेको छ । जीवित जल्मीको संगीत रहेको गीतको म्युजिक भिडियोको निर्देशन सुदन केसीले गरेका छन् ।

भिडियोलाई दीर्घ गुरुङले छायांकन गरेका छन् भने गीतको भिडियो महसंचारकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

Leave a Reply