सञ्चारकर्मी गौतमको ‘माइतीको देश’ सार्वजनिक (भिडियोसहित)
१२ भदौ, काठमाडौं । पुर्वकी चर्चित सञ्चारकर्मी तथा गायिका गंगा गौतम आचार्यको ‘माइतीको देश’ बोलको नयाँ तीज गीत युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।
महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर आचार्यले आफ्नो सांगीतिक एल्बम ‘झल्को’ बजारमा ल्याएकी छिन् । यस एल्बममा ३ वटा तीज गीत समावेश गरिएको छ ।
राजकुमार बगरको शब्द/संगीत रहेको यस गीतलाई रोचक थापाले निर्देशन गरेका छन् । गीतको म्यूजिक भिडियोको छायाँकन तथा सम्पादन शिरकुमार साम्पाङ्ले गरेका छन् ।
लाइभ दोहोरी गायनमा समेत अब्बल रहेकी आचार्यको ‘झल्को’ एल्बममा ‘माइतीको देश’ सहित ‘बरिलै’ र ‘नौ जाले माया’ बोलका गीत समावेश रहेका छन् ।