\
कला-साहित्य

बाँच्न देउ

तिम्रो त्यो मौनतामा कति धेरै अर्थ छ

त्यही मेरो जीवन छ त्यही मृत्यु पनि छ

मलाई बाच्न देउ तिम्रो वरिपरी ।

मेरो हरेक यात्रामा हिउँ नापरिदेउ

म बस्ने चौतारीमा हुरी नचलाइदेउ ।

तिम्रो साथमा सबै-सबै ऋतु छ

त्यही मेरो जीवन छ त्यही मृत्यु पनि छ ।

मलाई बाच्न देउ तिम्रो वरिपरी

हरेक साँझमा आकाश डढेको छ

हरेक बिहान झरी परेको छ ।

तिम्रो हासोमा सबै-सबै मौसम छ

त्यही मेरो जीवन छ त्यही मृत्यु पनि छ

मलाई बाच्न देउ तिम्रो वरिपरी ।

Leave a Reply