\
कला-साहित्य

दुबै मिली घर चलाउला, भैंसी पालौ कालु

Sabita Bista
सबिता बिष्ट

दुबै मिली घर चलाउला, भैंसी पालौ कालु ,

बाझिएका ति खेतबारिमा, मल हालौ कालु  !!

नजाउ भो बिदेश तिर, गाउमै केही गरौला ,

खनि खोस्री खेत बारीको, माटो गालौ कालु !!

 

मिहेनत गर्दै यही गाउमा, सुन फलाउला हेर ,

हात बढाउछु साथ देउ, पाइला चालौ कालु !!

तिमी बिनाकी एक्ली म, सक्ने छैन रमाउन ,

चर्किन नदेऊ घरका भित्ता, आऊ टालौ कालु !!

खुशी रही एक आपसमा, झुपडिनै स्वर्ग बनाउ,

मिली-जुली संगै घरको, चूल्हो  बालौ कालु !!

 

Leave a Reply