\
कला-साहित्य

पाँच हाईकु

भेट्नै गाह्रो छ
रुद्राक्ष र मानिस
एकमुखे त !

*********

हल्ला चलेछ
दौड तयारीलाई
घुँडा टेकेको ।

**********

कल्पना कम
त्यो छुट्टै संसारको
संकल्प ज्यादा ।

***********

संकल्प भए
बाहना मात्रै हो है
परिस्थिति त ।

*********

बानी के थाहा
आवरण हेरेर
मुटु हेर न ।

***********

सूर्य पौडेल
बा नपा-१३ बागलुङ ।

Leave a Reply