\
कला-साहित्य

सुदर्शन सापकोटाको बाल गित

माथि हेर्दा हिमाल देख्छु बेसी फाँट छ तल ।
कति राम्रो छ हाम्रो देश हुन्छ सधै झलमल ।

चुरे भन्दा पहाड उँचो, सबै भन्दा हिमाल ।
हिमाल हाम्रो सान, मन हाम्रो छ बिशाल ।

धाराको सफा पानी नदिमा बग्छ सधै जल ।
घिउ बन्छ मोथी दहि, तोरी पेल्नलाई कल ।

मकैको हुन्छ ढोड, कोदो टिप्दा बाँकी नल ।
धान कुट्ने ढिकी, मसलालाई पिस्ने खल ।

दाजुलाइ दिने मखलर, दिदीलाई दिने सल ।
दु:ख सुख साटौ मिलेर, बिरुवालाई दिने मल ।

ढुङ्गा फोर्ने घन चाइयो हजुर अप्ठ्यारोमा गल ।
सबै मिलि काम गरौँ एकतामा नै छ हाम्रो बल ।

Leave a Reply