\
कला-साहित्यमनोरञ्जन

‘राइफलको सिरानी’ बोलको गीत सार्वजनिक (भिडियोसहित)  

१७ वैशाख, काठमाण्डौ । फिल्म ‘काले दाइ’को पहिलो गीत सार्वजनिक भएको छ । सुमन बैरागीको शब्द, दीपक शर्माको संगीत तथा गायक धुर्व विश्को र सहिमा श्रेष्ठको स्वरमा फिल्मको ‘राइफलको सिरानी’ बोलको गीत सार्वजनिक भएको हो ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा कलाकार इन्द्र राम्जाली, बिनु शाक्य र रामचन्द्र अधिकारी फिचरिङ छन् । फिल्ममा इन्द्र,बिनु, रामचन्द्रसँगै  शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, गीता अधिकारी, विष्णु सापकोटा, सारिका घिमिरे, उत्तम केसी, गोविन्द श्रेष्ठ लगायतको मुख्य अभिनय छ ।

‘काले दाइ’मा पवन गौतम/रामेश्वर कार्कीको छायाँकन, तारा थापा किम्भेको सम्पादन रहेको छ ।

Leave a Reply