\
कला-साहित्य

जीवन कुरूप को गजल – हास्ने अनि रुने, खेल रैछ जिन्दगी ।

गजल
हास्ने अनि रुने, खेल रैछ जिन्दगी ।
खहरे जस्तै बगिजाने, भेल रैछ जिन्दगी ।।

अघि अनि पछि, जे भए पनि ।
सबै संगै मरी जाने, मेल रैछ जिन्दगी ।।

दुख अनि सुखको, हजार यात्राहरु ।
पुरा गर्न गुडी जाने, रेल रैछ जिन्दगी ।।

खैं छताछुल्ल छ, एता होकी उता ।
घुमाउरो बाटो जस्तै, सेल रैछ जिन्दगी ।।

 

जीवन ‘’कुरूप’’
कोटेश्वर बहुमुखी क्याम्पस (स्नातक पहिलो वर्ष)

Leave a Reply