\
कला-साहित्य

खास मान्छे अर्कैको पो भेटियो अचम्म लाग्यो

खास मान्छे अर्कैको पो भेटियो अचम्म लाग्यो ।
होसोच्दै नसोचेको पो भैदियो अचम्म लाग्यो ।।

कसैको अभाब हुँदै छ मात्र के भनेको थिए ।
उस्ले उपहारमा बहिनी सुम्पियो अचम्म लाग्यो ।।

प्रतिस्पर्धामा जित्न त मैले नै जितेको थिए ।
पुरस्कार अरुकै हातमा देखियो अचम्म लाग्यो ।।

हिजो मेरै लागि काम नलाग्ने भएको त्यो बस्तु ।
सबैको लागि आज राम्रो भनियो अचम्म लाग्यो ।।

हुन्छ हुन्छ गर्छु गर्छु भन्दै यहाँ बाहाना बनाएर ।
काम सुरु नभई कथा सकियो अचम्म लाग्यो ।।

Leave a Reply